दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने सरकारको निर्णय
nagariknews.nagariknetwork.com · Tue Jun 09 13:25:00 GMT 2026

सरकारले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेको छ। गृहमन्त्री सुधन गुरुङले कार्यभार सम्हाल्दै मंगलबार २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने बताउँदै उनले हरेक फाइल खोल्ने निर्णयमा समेत हस्ताक्षर गरे।
पदभारका क्रममा गृहमन्त्री गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुःख दिएको सहन नसक्ने बताए। आफूमाथि तथ्य बिनै आरोप लगाएको बताउँदै उनले मिडिया ट्रायलकै कारण कोहि ब्यक्तिले आत्महत्या गर्ने अबस्था नहोस भन्नेतर्फ सचेत बन्न आग्रह गरे।
मन्त्री गुरुङले आजै अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)