दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
khabarhub.com · Mon Oct 19 06:41:41 GMT 2026

पाल्पा – वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।
चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन्। उनका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)