मेयर बालेन्द्रको पहिलो दिन काठमाडौं महानगरमा
nepalghatana.com · Mon May 30 17:08:00 GMT 2022
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्। महानगर प्रमुख, उपप्रमुख र सबै वडाध्यक्षले आजै शपथ र पदबहाली गरेपछि बसेको कार्यपालिकाको पहिलो बैठकले फोहरमैला व्यवस्थापन, कलसेन्टर स्थापना र सरसफाईलाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।
कार्यपालिका बैठकमा वडाध्यक्षहरुले महानगरप्रमुखका योजना सकारात्मक भएको बताएका थिए । प्रत्यक्ष प्रशारण गरिएको कार्यपालिका बैठकले निर्णय गर्ने समयमा भने विधि र पद्दतीको कुरा उठाउँदै आपत्ति जनाएपछि छलफल र निर्णयमा केही अलमल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)