स्याङ्जामा चाडपर्व लक्षित अनुगमन
rajdhanidaily.com · Fri Sep 29 23:44:15 GMT 2023
स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जा यतीबेला पालिकास्तरका बजारमा अनुगमन गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घरेलु कार्यालय, प्रहरी, उपभोक्ता मञ्च र स्थानीय सरकारका प्रतिनिधि सहितको टोलीले बजार अनुगमन गरिरहेको हो । चाडपर्व नजिकिए सगै बजारमा हुने कालोबजारी देखी खाद्यन्न सामाग्रीको मुल्यसूची अवस्थाका ’boutमा टोलीले अनुगमन थालेको छ । प्रशासनले उपभोक्ता नठगिउन भन्ने उदेश्यले चाडपर्व लक्षित अनुगमन गरेको जनाएको छ ।
बजारको अनुगमनको जिम्मेवारी नेपालको संविधानले स्थानीय सरकारलाई दिएको छ । तर पनि स्थानीय सरकार बजार अनुगमनमा खासै चासो दिएको पाइदैन । उपभोक्ता संरक्षण एने २०७५ र नियमावली २०७६ को प्रावधान अनुसार बजार अनुगमन बेला—बेलामा गर्नुपर्ने हुन्छ । सोही ऐन बमोजिम कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने र ब्यापारीलाई नियमन गर्ने उदेश्यले जिल्लाका सबै पालिकामा अनुगमन शुरु गरिएको सहायक प्रजिअ दिपक पौडेलले बताए । उनका अनुसार अहिलेसम्म चापाकोट, अर्जुनचौपारी, फेदिखोला र कालीगण्डकी गाउँपालिमा अनुगमन सम्पन्न गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)