दुनाटपरी उद्योगले खोल्यो महिलालाई आम्दानीको बाटो, मासिक २५-३० हजार आम्दानी
lokaantar.com

वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।
चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन् । उनका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)