अमेरिकामा किन भइरहेछ ट्रम्पविरोधी प्रदर्शन ?
ekantipur.com · Sun Apr 20 19:01:17 GMT 2025

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका कार्यहरूको विरोधमा शनिबार हजारौं मानिस अमेरिकाभर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । ‘५०५०१ भनेर चिनिने ५० विरोध, ५० राज्य, १ आन्दोलन’ अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५० औं वार्षिकोत्सवको अवसर पारेर गरिएको हो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस र टेस्ला गाडीका डिलरबाहिर तथा धेरै सहरका केन्द्रमा प्रदर्शनकारीले विभिन्न गुनासो व्यक्त गरे । प्रदर्शनका सहभागीले किल्मार आब्रेगो गार्सियालाई अमेरिका फिर्ताका लागि माग गरेका थिए । प्रदर्शनमा सहभागीमध्ये कतिपयले गार्सियाको निष्कासनको आलोचना गर्न ह्वाइटहाउसमा भेला भएको बताएका सीएनएनले उल्लेख गरेको छ । उनलाई फिर्ता ल्याउन ट्रम्पले एल साल्भाडोरलाई सजिलै दबाब दिन सक्ने उनीहरूको भनाइ छ । ह्वाइटहाउस अगाडि उभिएका एक प्रदर्शनकारीले ‘ट्रम्पलाई एल साल्भाडोर निष्कासन गर’ नारासहितको प्लेकार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)