जडान गरिएका ट्राफिक लाइटको केबल तार काटेर चोरी
himalpress.com · Mon Oct 19 07:11:32 GMT 2026

चितवन – चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ। तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ।
केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)