सात गोलको रोमाञ्चकतामा लिभरपुल विजयी
ekantipur.com · Mon May 01 00:41:55 GMT 2023
लन्डन — लिभरपुलले सात गोलको रोमाञ्चक खेलमा आइतबार टोटेनहमलाई ४–३ ले हराएको छ र यससँगै इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिन सफल रह्यो । लिभरपुलले एक समय तीन गोलको अग्रता लिए पनि टोटनहमले तीन गोल फर्काएको थियो ।
खेलको दोस्रो हाफ इन्ज्युरी समयको चौथो मिनेटमा डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको ५६ अंक भयो । टोटनहम भने ५४ अंकमा लिभरपुलको ठीक पछाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)