राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको घोषणा
kendrabindu.com · Tue Jun 09 13:37:58 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भइसकेको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ