मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर–बनेपा–पाँचखाल क्षेत्रमा दिउँसो २ बजेदेखि डेढ घण्टा बिजुली नआउने

kalakarmi.com · Mon Oct 19 07:55:39 GMT 2026

काठमाडौं- भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ । सबस्टेसनमा देखिएको समस्या समाधान गर्न मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)