मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुमोसँगै सुनकोसीमा खसेका ३ जना अझै बेपत्ता

barnanmedia.com · Mon Oct 19 07:54:31 GMT 2026

आइतबार बिहानै सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा बेपत्ता ३ जना अझै फेला परेका छैनन्।

काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान साढे २ बजेतिर सुनकोसी नदीमा खस्दा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हराइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)