मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैंमा किन खेलिन्छ लिङ्गे पिङ ? यस्तो छ यसको सांस्कृतिक महत्व

corporatenepal.com · Mon Oct 19 07:57:08 GMT 2026

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं नजिकिएसँगै गाउँघरदेखि सहरसम्म पिङ हाल्ने र खेल्ने चलन छ । दशैंको समयमा पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र नभई नेपाली समाजको पुरानो संस्कृति, सामाजिक सम्बन्ध र चाडपर्वको उल्लाससँग जोडिएको परम्पराको रुपम यसलाई हेरिन्छ । यद्यपि दशैंमा लिङ्गे पिङ खेल्ने परम्परा कहिलेदेखि सुरु भयो भन्ने विषयमा ठोस ऐतिहासिक प्रमाण पाइँदैन ।

तर, पुस्तौंदेखि चलिआएको यो परम्परा दशैंमा मनोरञ्जनको महत्पूर्ण हिस्साको स्थापित छ । धेरैलाइ त लिङ्गे पिङ नमच्चाइ दशैं आयो जस्तो नै नलाग्न सक्छ । तर, गाउँघरमा दशैं सुरु हुनुअघि नै सार्वजनिक स्थान, चौतारा वा खुला ठाउँमा पिङ बनाउने चलन रहँदै आएको छ । लिङ्गे पिङ सामान्यतया बलिया काठका खम्बा वा बास गाडेर निर्माण गरिन्छ । त्यसमा डोरी वा लठ्ठा बाँधेर मानिसहरू उचाइमा झुल्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)