अत्याचार रोक्न मझाैला शक्तिहरूको साझा रणनीति
baahrakhari.com · Mon Oct 19 08:06:10 GMT 2026

‘फेरि कहिल्यै नहोस्’ नरसंहारका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले युद्धपछि गरेको सबैभन्दा संवेदनशील प्रतिज्ञा हो । विडम्बना, यो प्रतिज्ञा प्रायः हत्या सुरु भएपछि मात्र सम्झिइन्छ । हुनत, सामूहिक अत्याचारहरू पनि प्रायः पूर्वचेतावनीबिना हुँदैनन् । कानुनी शासनमाथि आक्रमण, भेदभाव, अमानवीयकरण र अघिल्ला अपराधमा दण्डहीनता अत्याचारमा परिचित पूर्वचेतावनी हुन् जसलाई सजिलै पहिचान गर्न सकिन्छ ।
यस्ता संकेत विश्वभर बढ्दै गएका छन् । हामी सन् १९४६ यताकै सबैभन्दा धेरै सक्रिय सशस्त्र द्वन्द्व भइरहेका समयका साक्षी छौँ । हालै करिब पाँचमध्ये एक देशले सामूहिक हिंसाका घटना सामना गरेको छ । त्यस्तै, विश्वका आधा देशका मानिसले सन् २०२४ मा कुनै न कुनै प्रकारको सामूहिक हिंसा भोगेको बताएका छन् । अहिले विश्वको ६.६ प्रतिशत जनसङ्ख्यामात्र पूर्ण लोकतन्त्र भएका देशमा बस्छन् । युद्ध अपराध, मानवताविरुद्धका अपराध, नरसंहार र आक्रमण अन्तर्राष्ट्रिय प्रणालीको सञ्चालन परिवेशकै हिस्सा बन्दै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)