हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी
ratopati.com · Mon Oct 19 08:10:07 GMT 2026

इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले महत्त्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण कडा बनाइरहेका बेला यो घटना भएको हो ।
इरानी सरकारी सञ्चारमाध्यमले गाड्र्सलाई उद्धृत गर्दै ट्याङ्कर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किँदा इन्जिन कक्षमा विस्फोट भई आगलागी भएको जनाएको छ । ट्याङ्करले इरानको अनुमति नलिई जलघाँटीको दक्षिणी भागमा रहेको निषेधित मार्ग प्रयोग गरेको र आफ्नो स्थान पहिचान तथा नौसञ्चालन प्रणाली बन्द गरेको गाड्र्सको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)