७२ हजार ट्रामाडोल क्याप्सुलसहित फर्पिङबाट २ युवक पक्राउ
nepalpress.com · Mon Oct 19 08:16:55 GMT 2026

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका-२३ कोयरियाका २७ वर्षीय सुदीप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)