विजय केसीकाे प्रश्न : सजाय भुक्तान गरिसकेँ, फेरि किन खोजिँदै छ ?
ratopati.com · Mon Oct 19 08:30:32 GMT 2026

काठमाडौँ। पूर्वजनमुक्ति सेनाका कमान्डर विजय केसीले आफूले सजाय भुक्तान गरिसकेको मुद्दालाई लिएर पुनः खोजी गर्ने तथा आफू र आफन्तजनलाई डर, धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने कार्य भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
साेमबार केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित मुद्दामा अदालतबाट फैसला भइसकेको र सजायसमेत भुक्तान गरिसकेको दाबी गरेका छन्। उनका अनुसार उक्त विषयमा सम्बन्धित अदालतबाट स्पष्ट आदेश जारी भएको छ भने मुद्दाको फैसला, कैद सजाय र कैदी पुर्जी जारी भएको विवरण उल्लेख गरिएको अदालतको आधिकारिक पत्रसमेत आफूसँग सुरक्षित छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)