डायबिटिजका बिरामीलाई स्वचालित रूपमा इन्सुलिनको मात्रा दिने 'पहिलो उपकरण'लाई एफडीएको अनुमति
swasthyakhabar.com · Mon Oct 19 08:24:00 GMT 2026

टाइप २ मधुमेह भएका वयस्कका लागि पनि स्वचालित इन्सुलिन प्रवाह प्रणाली (अटोमेटेड इन्सुलिन डेलिभरी–एआईडी) को प्रयोगमा आउने भएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले यस्ता प्रणालीलाई टाइप २ मधुमेहको व्यवस्थापनमा प्रयोग गर्न अनुमति दिएसँगै इन्सुलिनमा निर्भर बिरामीका लागि उपचार थप सहज हुने अपेक्षा गरिएको छ।
एआईडी प्रणालीलाई सामान्य भाषामा ‘आर्टिफिसियल प्यान्क्रियाज’ अर्थात् कृत्रिम अग्न्याशय पनि भनिन्छ। यसमा इन्सुलिन पम्प, निरन्तर ग्लुकोज मापन गर्ने उपकरण (सीजीएम) र विशेष सफ्टवेयर एल्गोरिदम जोडिएका हुन्छन्। यसले शरीरमा ग्लुकोजको मात्रा निरन्तर निगरानी गरी आवश्यकताअनुसार इन्सुलिनको प्रवाह स्वचालित रूपमा घटाउने वा बढाउने काम गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)