नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरिँदै
thahakhabar.com
काठमाडौं : बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ।
नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)