मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्युँतियो नेपालको फाइनलमा पुग्ने आशा

ekantipur.com · Sat Mar 02 01:16:32 GMT 2024

काठमाडौँ — नेपालले शुक्रबार नामिबियाविरुद्ध यस्तो विजय हात पारेको छ, जसले घरेलु टोलीलाई ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुर्‍याउन सक्छ । जबकि प्रतियोगितामा नेपालको यो पहिलो विजय हो ।

पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बन्दै गएको थियो । तर नामिबियासँगको जितपछि नेपाल एकाएक फाइनलको हकदार बनेको छ । नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । त्यसमा विजय हात पारे नेपालको फाइनल पुग्ने सम्भावना झनै बलियो हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)