प्रधानमन्त्री देउवाको भारत भ्रमणः द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी
dcnepal.com · Sun Apr 03 17:07:55 GMT 2022
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरेका थिए । सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)