मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भुईँको टिप्न खोज्दा पोल्टाको गुमाएका गुणाकर

barnanmedia.com · Sun Apr 20 21:40:49 GMT 2025

आफ्नो हैसियत बिर्सेर अधिक महत्त्वाकांक्षाको घोडा चढ्दा के हुन्छ भन्ने कुराका पछिल्लो दृष्टान्त नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट बनेका छन् । सुदूरपश्चिमको एक ग्रामीण परिवेशबाट आएर केन्द्रीय बैंकको उच्च तहमा पुगेका उनले तातै खाऊँ जली मरौँ नभनेको भए अझै १० वर्ष मुलुकको मौद्रिक नीति निर्माण र बैंकिङ क्षेत्रको नियमनको नेतृत्व गर्न पाउने थिए ।

कार्यकारी निर्देशकहरुमध्ये तेस्रो वरीयतामा रहेका उनलाई अहिले नै गभर्नरको भुतमा सवार हुनुपर्ने कुनै जरुरी थिएन । नेपाल सरकारको विशिष्ट श्रेणीसहरको पदमा बसेर देशभरिमै सबैभन्दा आकर्षक तलब सुविधा खाएर उनी बसिरहेकै थिए । अबको केही दिनमा जोकोही गभर्नर नियुक्त भए पनि खाली हुने डेपुटी गभर्नरको पदबाट उनलाई कसैले रोक्न सक्दैनथ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)