टाइगर श्राफको कारमा गोली चलाएर नेपाल भाग्ने योजना, २४ घण्टाभित्रै पक्राउ परे तीन अभियुक्त
kendrabindu.com · Mon Oct 19 10:12:27 GMT 2026

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेर नेपाल भाग्ने तयारीमा रहेका तीन अभियुक्तलाई भारतीय प्रहरीले राजस्थानको कोटाबाट पक्राउ गरेको छ । घटनाको करिब २४ घण्टाभित्रै पक्राउ परेका उनीहरूमध्ये एक जना नाबालिगसमेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजस्थानको कोटा प्रहरीले सोमबार बिहान रेलमार्ग हुँदै दिल्ली पुगेर नेपाल भाग्ने तयारीमा रहेका तीनै जनालाई पक्राउ गरेको हो । कोटा सहरकी प्रहरी अधीक्षक (एसपी) तेजस्विनी गौतमका अनुसार मुम्बई प्रहरीबाट बिहान करिब ९ः४५ बजे सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । त्यसपछि पुणे–जयपुर एक्सप्रेसमा खोजी गर्दा करिब १५ मिनेटभित्रै उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)