एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
khabarhub.com · Mon Oct 19 10:34:16 GMT 2026

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)