दसैंतिहारमा पनि वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको शव नि:शुल्क ढुवानी हुने
onlinekhabar.com · Mon Oct 19 10:50:29 GMT 2026

२ कात्तिक, काठमाडौं । दसैंं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरको ठेगानासम्म नि:शुल्क ढुवानी हुने भएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा समेत शव ढुवानी सेवा निरन्तरता दिन चौबिसै घण्टा सेवा सञ्चालन हुने गरी सम्पर्क कर्मचारी तथा शव ढुवानी सेवा प्रदायकहरू तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)