सरकारी अड्डा नै भ्रष्टाचारका अखडा : पूर्वमुख्यमन्त्री गिरी
ekantipur.com · Wed Aug 16 16:47:09 GMT 2023
बुटवल — लुम्बिनीका पूर्वमुख्यमन्त्री लीला गिरीले तीन तहकै सरकार विकास र सुशासनका मामिलामा कमजोर देखिएको बताएका छन् । सरकारी अड्डा नै भ्रष्टाचारका अखडा बनेको उनको भनाइ थियो ।
एमालेले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमूख्यमन्त्री गिरीले भ्रष्टाचारीलाई जोगाउन सरकारी संयन्त्र नै लागेको आरोप लगाए । अघिल्ला सरकारले सुरु गरेका कामसमेत नगरेको, नागरिकका माग सम्बोधन नभएको र अराजकता एवं बेथिति बढेको उनले दाबी गरे । उनले भ्रष्टाचारका घटनामा आफ्ना नेता पर्दा जोगाउनुले देशकै सुशासन खलबलिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)