मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेपालको हार

gorkhapatraonline.com · Mon Jan 22 01:09:16 GMT 2024

काठमाडौँ, माघ ८ गते । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । नेपाल आठ वर्षपछि यु–१९ विश्वकपमा सहभागी भएको हो । हारबाट सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानविरुद्ध खेल्ने छ । समूह डीमा अफगानिस्तान पनि रहेको छ । एक दिनअघि पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आठ विकेटको क्षतिमा ३०२ रनको विशाल योगफल तयार पारेको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा २३८ रन बनायो । विश्वकप यु–१९ क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई हराएको यो पहिलो पटक हो । यसअघि यी दुई देशबिच दुई पटक भएको भिडन्तमा नेपालले बाजी मारेको थियो । सन् २००६ र सन् २०१६ मा भएको यु–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)