पोखराका ‘अन्डररेटेड’ गन्तव्य
nepalnews.com · Mon Oct 19 11:15:18 GMT 2026

केही दिन ढिलाइ गरेर मनसुनले नेपालबाट बिदाइ लिइसकेको छ। यससँगै शरद् ऋतुको आगमन भएको छ। शरद्ले शीतल मौसम मात्रै भित्र्याउँदैन, चाडपर्वको उल्लास पनि लिएर आउँछ। परिवार र साथीसँगीबीचको भेटघाट, हर्षोल्लास र घुमघामले यो समयलाई थप रमाइलो बनाउँछ। पर्वको बिदामा साथीभाइ भेट्ने, घुम्ने र फिरन्ते बनेर नयाँ ठाउँ नियाल्ने अवसर पनि हो यो।
धुम्म मौसमपछि हिमाल खुलेर हाँसेको छ। हाँसिरहेको माछापुच्छ्रे हेर्नेको मुख्य गन्तव्य हो, पोखरा। घुम्न चाहने धेरैको ‘बकेट लिस्ट’मा पोखरा पर्छ। तर पोखरामा घुम्नका लागि फेवाताल र हेर्नका लागि माछापुच्छ्रे मात्रै छैनन्। पोखरा पुगेपछि हिमालको दृश्य धेरै ठाउँबाट देख्न सकिन्छ। तर हिमाल नियाल्न उत्कृष्ट ठाउँ कुन हो?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)