मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज र भाेलि ठूलो पानी पर्ने सम्भावना कम

Ujyaaloonline.com · Sat Jul 24 01:06:56 GMT 2021

काठमाण्डाै - आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)