मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

barnanmedia.com · Sun Apr 20 23:31:44 GMT 2025

काठमाडौँ, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)