सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने
nepallive.com · Tue Jun 09 13:55:00 GMT 2026

काडमाडौं– नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)