फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित
newsofnepal.com · Mon Oct 19 11:37:10 GMT 2026

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्।
प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखले बताएका छन्। पसलहरूमा लुटपाट, तोडफोड तथा अन्य हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनलाई थप अधिकार प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)