मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुलामञ्च बन्द छ

ekantipur.com · Wed Mar 29 00:55:40 GMT 2023

काठमाडौँ — मिटरब्याजीद्वारा ठगिएपछि न्याय माग्न महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका सर्वसाधारण बिरामी परेर प्रदर्शन र धर्ना दिन नसक्ने अवस्थामा पुगेका छन् । सोमबार खुलामञ्च अगाडि चिसो सडकमा रात काट्नुपरेपछि अधिकांश मिटरब्याजपीडित बिरामी परेका हुन् ।

चैत २ मा बर्दिबासबाट हिँडेर गत आइतबार काठमाडौंको मातातीर्थमा आएर बसेका उनीहरू सोमबार खुलामञ्चमा बस्ने गरी त्यसतर्फ बढेका थिए । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरू सडकमै सुतेका थिए । मंगलबार बिहान बालुवाटारमा, दिउँसो माइतीघर मण्डल र बानेश्वरमा प्रदर्शन गरेका उनीहरू बिरामी परेपछि केही चिकित्सकले बानेश्वर धर्नास्थलमै पुगेर परीक्षण गरेका थिए । आधाभन्दा बढी पीडितको स्वास्थ्य अवस्था गम्भीर देखिएको भन्दै चिकित्सकले उनीहरूलाई आराम गर्न सुझाव दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)