मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२०८० : आशा र निराशाको मिश्रित वर्ष

ekantipur.com · Thu Apr 11 23:13:16 UTC 2024

२०८० साल बिदा हुने क्रम छ । यस सालका कतिपय कुरा स्मरणयोग्य छन् भने केही निराशाजनक पनि छन् । उपलब्धिमूलक विषयको कुरा गर्दा काण्ड, अपराधमा संलग्न नेता, पदाधिकारी, व्यवसायीलाई कानुनको कठघरामा पुर्‍याइनु उज्यालो पक्ष मान्नुपर्छ । एकै वर्षमा मुलुकभरिका माफिया, तस्कर, भ्रष्टाचारीलई ठेगान लगाउने साहस यसअघिका प्रधानमन्त्रीले देखाएका पनि थिएनन् ।

अर्को महत्त्वपूर्ण, ऐतिहासिक उपलब्धि भारतसँग भएको १० हजार मेगावाटको विद्युत् व्यापार सम्झौतालाई लिनुपर्छ, यसको कार्यान्वयन हुन सके नेपालको अर्थतन्त्रले फड्को मार्ने निश्चित छ । उखु किसानले भुक्तानी पाएको विषय स्वागतयोग्य बन्दा ललिता निवासको जग्गा एवं चौधरी ग्रुपले कौडीको भाउमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जमिन सरकारको स्वामित्वमा ल्याइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)