कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ
rajdhanidaily.com · Sat Apr 20 23:21:37 UTC 2024

काठमाडौं । कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख फहाद युसेफ अल–सबाहको अध्यक्षतामा सार्वजनिक प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो ।
पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले श्रम स्वीकृति प्रदान गर्ने संयन्त्रलाई परिमार्जन गर्न स्वीकृत गरेको छ । विदेशबाट श्रम स्वीकृति लिएर ल्याइएका आप्रवासीलाई स्थानान्तरण गर्ने र उनीहरूमाथि थप शुल्क लगाउने कुरा अल–सेयसाह दैनिकलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)