मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वी लद्दाखमा भारत र चीनबीचको तनाव अन्त्य : दुवै देशका सेना पछि हटे, अस्थायी क्याम्प भत्काइयो

ratopati.com

भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।

भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा गहिरो विचार विमर्श भएको थियो । यसपछि दुवै पक्ष गोगरा क्षेत्रबाट पछि हट्न तयार भएका छन् । यस क्षेत्रमा गत वर्षको मे महिनादेखि दुई देशका सेना आमनेसामने थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)