मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘जमिनबिना कसरी खोल्नु उद्योग ?’

ekantipur.com · Tue May 24 00:37:27 GMT 2022

काठमाडौँ — जग्गाजमिनको व्यवस्थापनबिना उद्योग र कृषि क्षेत्रको विकास सम्भव नरहेको सरोकारवालाहरूले बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट’ को तेस्रो सत्र ‘उद्योगलाई जमिन खोइ ?’ का वक्ताले नेपालको जग्गा दक्षिण एसियाकै महँगो रहेकामा असन्तुष्टि जनाए ।

‘उद्योगीहरूले आफ्नै स्रोतसाधनले जग्गा किनेर उद्योग स्थापना गरेका छन् । तर जग्गा यहाँ दक्षिण एसियाकै महँगो छ । त्यसमाथि उद्योग स्थापनाका लागि जमिन पनि छैन,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘सरकारले औद्योगिक क्षेत्र बनाउने भनिए पनि ५ वर्षसम्म चलाउन सक्दैन । कानुन बनाएर निजी क्षेत्रलाई दिनुस्, हामी बनाउँछौं, औद्योगिक क्षेत्रमा हामी उद्योग ल्याउँछौं । सरकारले बनाएको औद्योगिक क्षेत्र भाडा मात्रै खानलाई मात्र प्रयोग नगरौं ।’ सरकारले स्थापना गरेको बालाजु औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगभन्दा सेवा क्षेत्र मात्रै रहेको उनको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)