रविलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियाे, आज प्रहरी परिसरमै राखिने
nepalpress.com · Fri Apr 04 18:13:22 GMT 2025

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं प्रहरी परिसरमा राखिने भएकाे छ । भाेलि उनलाई रूपन्देही लगिने प्रहरी स्राेतले बतायाे ।
स्राेतका अनुसार पक्राउ गरेर ल्याएपश्चात रविलाई अहिले स्वास्थ्यपरीक्षणका लागि वीर अस्पताल लगिएकाे छ र स्वास्थ्यपरिक्षण सकेर परिसरमा ल्याइने छ । अहिले परिसरमा रविनिकट केही रास्वपा नेताहरू छन् । रविकी पत्नी घरबाट उनकाे बन्दाेबस्तिका सामान लिएर आउदैछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)