जलेश्वरको रातो नदीमा पुरुषको शव फेला
annapurnapost.com · Mon Oct 19 12:49:24 GMT 2026

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका-६, बडका धबौलीस्थित रातो नदीमा एक पुरुषको शव फेला परेको छ।
प्रारम्भिक जानकारीअनुसार अन्दाजी ३५ वर्ष उमेरका पुरुषको शव फेला परेको हो। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा मुचुल्का प्रक्रिया पूरा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)