गाउँघरमा पुगेर मतदातासँग भेटघाट गर्दै उम्मेदवार
barnanmedia.com · Fri Feb 20 17:15:01 GMT 2026

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी रहँदा भोजपुरमा उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँ, टोलटोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।
उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपटकको निर्वाचनमा भोजपुरबाट १२ वटा राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवारले आफ्नो दलको नीति, कार्यक्रम र जिल्लाको विकासमा पुर्याउने योगदानबारे मतदातालाई जानकारी गराउँदै चुनावमा कतदान गर्न आग्रह गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)