फेवातालमा खसेकी महिलाको उद्धार
rajdhanidaily.com · Thu Apr 11 23:22:47 UTC 2024
पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ । बिहीबार दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका–१७ सामाखुसीकी २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् । उनको तत्कालै सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।
पोखरा ५ मालेपाटनस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वार्टर कालिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले उनको सकुशल उद्धार गरिएको बताए । उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)