अमेरिकालाई पछि पार्दै चीन बन्यो जर्मनीको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार
baahrakhari.com · Fri Feb 20 17:56:23 GMT 2026

काठमाडौं । चीन अमेरिकालाई एकपटक फेरि पछि पार्दै जर्मनीको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार बनेको छ । सन् २०२५ मा चीन र जर्मनीबीच २५१.८ अर्ब युरो बराबरको सामान खरिद–बिक्री भएको छ । यो तथ्यांक जर्मनीको संघीय सांख्यिकी कार्यालयले सार्वजनिक गरेको हो ।
चीन सन् २०१६ देखि २०२३ को बीचमा वार्षिक २.१ प्रतिशतको वृद्धिका साथ जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहिसकेको छ । सन् २०२४ मा भने अमेरिका उसलाई पछि पार्दै पहिलो नम्बरमा आएको थियो । अहिले फेरि चीनले आफ्नो अग्रता कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)