मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपाका ७४ वर्ष र समाजवादी क्रान्ति

rajdhanidaily.com · Sat Apr 20 23:35:12 UTC 2024

मुलुकमा जहानियाँ सामन्ती राणा शासनको दबदबा भएको बेला सामन्ती शासनको अन्त्य गरेर गणतन्त्रात्मक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ पुष्पलालको अगुवाइमा २२ अप्रिल , लेनिन जयन्तीको अवसर पारेर ९ वैशाख, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियोे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि सुरुवात भएको कम्युनिस्ट आन्दोलनले ७४ वर्ष व्यतीत गरेको छ ।

यो कालखण्डमा नेपाली समाजमा विकास भएको चेतनाको जगमा द्वन्द्वात्मक भौतिकवादी एवं माक्र्सवादी विचारले समाजका बहुसंख्यक मानिसलाई समेट्दै लगेको छ । कुल मतदातामध्ये झन्डै ६० प्रतिशत जनता कम्युनिस्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारलाई मत दिएका छन्, अर्थात् झन्डै ६० प्रतिशत जनमत बामपन्थीको पक्षमा रहेको निर्वाचनको परिणामले देखाएको छ । सुरुवातमा ५ जनाबाट स्थापना भएको कम्युनिस्ट पार्टी आज विभिन्न समूहमा विभाजित भएको छ, यसरी हेर्दा आज लाखौंलाख मानिस कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसका साथै कम्युनिस्ट पार्टी वरिपरि युवा, महिला, किसान, मजदुर, श्रमिक, बुद्धिजीवीलगायतका पेसागत संगठन र ट्रेड युनियनमा पनि लाखौंलाख मानिस संगठित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)