मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्लेयर अफ द म्याच बनेका दीपेन्द्रले के भने ?

ratopati.com · Mon Oct 19 14:21:03 GMT 2026

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा विकेट राम्रो भए पनि विपक्षी टोलीले राम्रो साझेदारी गर्दा दबाब बढेको बताएका छन् ।

‘विकेट एकदमै राम्रो थियो । रोहित र मैले पनि पार्टनरसिप गर्दा एकदमै राम्रो विकेट थियो । त्यसैकारणले हामीले पनि सोचिरहेका थियौँ कि उनीहरूको एक–एक वटा विकेट खस्यो भने गाह्रो हुन सक्छ । तर उनीहरूले पार्टनरसिप राम्रो गरे र खेल लामो भयो । त्यसले गर्दा अलि दबाब भयो,’ दीपेन्द्रले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)