आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन
barnanmedia.com · Mon Oct 19 14:28:24 GMT 2026

लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न राष्ट्रिय जेनजी नागरिक अभियानले माग गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छोइङ डोल्मा तिब्बतीयन शरणार्थीलाई लुम्बिनीको जिम्मा दिनु राष्ट्रघाती कदम भएको समेत जनाएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सरकारले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गरे । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौसला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उनको द्वैध चिरत्र उदाङ्गो भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)