झोलुङ्गे पुल बगेपछि तुइनमा यात्रा
onlinekhabar.com · Tue Aug 18 01:18:44 GMT 2026

२ भदौ, जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को बीचमा पर्ने ताक्सुगाड खोलामा झोलुङ्गे पुल र सडक बगेपछि जाजरकोट, रुकुम पश्चिम र डोल्पाका स्थानीयवासी तुइनमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
ताक्सुगाड वारपार गर्न स्थानीयवासीले अस्थायी रूपमा तुइन निर्माण गरेका छन् । स्थानीय शिक्षक धनिराम ठकुरीका अनुसार अहिले यही तुइनबाट मानिसहरू खोला वारपार गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)