मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

rajdhanidaily.com · Sun May 07 23:28:58 GMT 2023

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुवातको दृश्य भने रोचक थियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्न अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंह, नेकपा (एमाले)का सांसद रघुजी पन्तले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग अनुमति मागेपछि सभामुख अलमलमा परे ।

सभामुख घिमिरेले बैठक औपचारिक रूपमा सुरु गर्न सांसदसँग आग्रह गरे । सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसद उभिइरहे । केही समयको सांकेतिक जुहारीपछि बैठक प्रारम्भ भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)