‘हसपीस नेपाल’, जहाँ मृत्युशैयामा पनि बिरामी मुस्कुराउँछन् !
baahrakhari.com · Sun Jan 01 00:35:00 GMT 2023
काठमाडौं । ‘कस्तो छ आमा तपाइँलाई ?’ सेताम्मे फुलेको छोटो कपाल, हड्डीमै टाँसिएको मुजैमुजा परेको छाला, बुढ्यौली झल्काउने दाँत देखाउँदै उनी प्रष्ट आवाजमा बोलिन् “अहिले त धेरै ठिक छ पहिलेभन्दा, होइन त बाबु ?” छेउमा कुरुवा बसेको छोरातिर नजर लाउँदै वृद्धाले अनुहार उज्यालो बनाइन् । जवाफमा छोरा बोले, “पहिले त खाना खानुहुन्नथ्यो । यसरी उठेर बस्न पनि सक्नुहुन्नथ्यो, अलिअलि मात्रै बोल्नुहन्थ्यो । यहाँ ल्याएपछि त हो यतिको फ्रेस हुनुभएको ।” छोराले यसो भनिरहँदा वृद्धाले पाउरोटीको टुक्रोसँग कालो चिया सुरुप्प पारिन् । र, हामीतिर हेर्दै खिस्स हाँसिन् ।
उनको हाँसोमा जीवनप्रतिको प्रेमका बिम्ब मात्रै झल्किँदैनथे, स्वस्थ भएर घर फर्किने आशाका किरण पनि प्रष्टै देखिन्थे । चौथो स्टेजको फोक्सोको क्यान्सरले गलाएर झन्डै चार महिनादेखि हसपीसमा रहेकी ८६ वर्षीया उनलाई (बिरामीको परिचय गोप्य राखिएको) भेट्न आउनेहको शुभेच्छाले चाँडै ठिक हुने उर्जा जगाएको देखिन्थ्यो । त्यसो त मृत्यु कसको कति नजिक छ भन्ने अहिलेसम्म कसले तोक्न सकेको छ र ? तर, मृत्युशैयामा पुगेर पनि मुस्कुराउने भाग्य जो कोहीकोे हुँदैन, जुन ती वृद्धाले भोगिरहेकी थिइन् । अर्थात् उनी हसपीसको उपचार र हेरचाहमा हाँसीखुसी जीवनको अन्तिम लडाइँ लड्दै थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)