मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपि हिमालमा पर्यटन उत्सव हुने

gorkhapatraonline.com · Mon Oct 19 12:38:09 GMT 2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवको आयोजना गर्ने भएको छ।

पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आय आर्जनको अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)