महानगरपालिकाले थाल्यो सुझाव संकलन
nagariknews.nagariknetwork.com · Tue Jun 09 14:23:14 GMT 2026

आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटबारे विराटनगर महानगरपालिकाले सुझाव संकलन सुरू गरेको छ । महानगरपालिकाले विराटनगरका गैरसरकारी संस्थाहरूसँग मंगलबार सुझाव संकलनका लागि छलफल गरेको हो ।
छलफलमा विभिन्न क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन् । गैरसरकारी संस्थाहरूको तर्फबाट गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले महानगरभित्र क्रियाशील संघसंस्थाहरू महानगरसँग सहकार्य गर्दै विकास र सामाजिक रूपान्तरणका काममा सक्रिय रहेको उल्लेख गरिन् । उनले गैरसरकारी संस्थाहरूका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अनुरोध गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)