एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड
barnanmedia.com · Fri Feb 20 20:15:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए ।
‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले भने, ‘कसले, किन गरेको बुझ्दैछुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)